समानुपातिकतर्फ रास्वपालाई सर्वाधिक मत, कुन दलले कति पाए ?


काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको निर्वाचनतर्फ समानुपातिकतर्फको पनि मतगणना जारी छ । पछिल्लो गणनाअनुसार रास्वपाले १ लाख ३२ हजार ४६७ मत ल्याएर अगाडि छ । दोस्रोमा नेपाली कांग्रेस छ ।

उसले ३९ हजार २०४ मत ल्याएको छ । यस्तै, तेस्रोमा नेकपा (एमाले) छ । एमालेले २९ हजार ४२० मत ल्याएको छ। चौथोमा भने राप्रपा छ । राप्रपाको ११ हजार ६०७ मत छ ।

पाँचौमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छ । नेकपाको १० हजार ९८७ मत छ । श्रम संस्कृति पार्टीको ६ हजार ५७८ मत छ ।