काठमाण्डौं, फागुन २३ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशका विभिन्न क्षेत्रको मतपरिणाम अनुसार अहिलेसम्म नेपाली कम्युनिष्ट पार्टीले ६ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ ।
जस अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट १० हजार २४० मतसहित विजयी भएका छन् । उनका निकटमत प्रतिष्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे।
त्यस्तै, धनबहादुर बुढाले डोल्पाबाट ६ हजार ८०२ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी एमालेका लंकबहादुर रोकायको ५ हजार ३९६ मत पाए ।
सल्यानबाट रमेश मल्ल २३ हजार १८९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी रास्वपाका ललितकुमार चन्दको २० हजार ९०४ मत पाए।
रुकुम पश्चिमबाट निर्वाचित भएका गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका राजु केसीको १६ हजार ६६१ मत प्राप्त गरेका छन् ।
रोल्पाबाट चुनाव जितेका वर्षमान पुन २७ हजार चार सय ६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् ।
कालिकोटबाट उम्मेदवार बनेका महेन्द्रबहादुर शाही ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् ।उनका प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत पाएका छन् ।




प्रतिक्रिया