समानुपातिक मत : रास्वपाले २२ लाख कटाउँदा कांग्रेस र एमालेको कति ?


काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाको निर्वाचनको मतपरीणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ र समानुपातिकतर्फ रास्वपा अन्य दलहरुभन्दा अत्यधिक मतले अगाडि छ । अहिलेसम्म ११८ सिट जितिसकेको छ । रास्वपाले अझै ७ ठाउँमा लिड गरिरहेको छ । समानुपातिकतर्फ रास्वपाले २२ लाख १० हजार १९५ मत ल्याएको छ।

नेपाली कांग्रेसले ७ लाख ५४ हजार ३९ मत ल्याएको छ । एमालेले ६ लाख ४० हजार ६३ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख २५० मत ल्याएको छ । राप्रपाले १ लाख ६० हजार ६७२ र श्रम संस्कृति पार्टीले १ लाख ४ हजार ४०० मत ल्याएको छ ।