काठमाडौं, २४ फागुन । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार सुधनले १० हजार ३२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले पछ्याएका छन् ।
खत्रीले ८ हजार ५१२ मत आएको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले भने ४ हजार २०९ मत ल्याएका छन् । एमालेका आरसी लामिछानेले भने १७ सय ९५ मतमात्रै ल्याएका छन् ।




प्रतिक्रिया