घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ, २५ फागुन । सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।