काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनपछि खुलेको नयाँ दल श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको छ । धरानको मेयर पदमा रहँदै पार्टी गठन गरेर अघि बढेका हर्क साम्पाङलाई ठूलो सफलता मिलेको छ । यो दलबाट अध्यक्ष साम्पाङसँगै तीन जना निर्वाचित भइसकेका छन् । स्वयम साम्पाङ सुनसरी–१ बाट निर्वाचित भएका हुन् ।
उता, भोजपुरबाट धु्रब राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन् । राष्ट्रिय दल बन्नको लागि ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्नेमा अहिलेसम्म श्रम संस्कृति पार्टीले ३ लाख एक हजार ३३० मत ल्याएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट ल्याउनुपर्ने र तीन प्रतिशत मत कटाउनुपर्नेमा यो दलले त्यो सफलता हाँसिल गरिसकेको छ । भर्खरै खुलेको दलले पहिलो प्रयासमा नै निर्वाचनमार्फत सफलता पाएसँगै यो दलको भविष्य सुनौलो रहेको भनेर सामाजिक सञ्जालमा चर्चा पनि सुरु भैसकेको छ ।




प्रतिक्रिया