काठमाडौं, २५ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित भएका नेता गोपाल शर्मा अनललाई बधाई दिएका छन्। जनार्दनले गोपाललाई ढिलोगरि बधाई दिएका हुन् । शर्माले रुकुम पश्चिमको विकासको लागि काम गर्नको लागि गोपाललाई शुभकामना दिएका छन् ।
आफू पराजित भएपनि रुकुमेली जनताका आशा अपेक्षाहरू पूरा गर्न, निर्माणाधीन परियोजनाहरूको सम्पन्नता र गरिब, बेरोजगार र विभेद रहित रुकुम बनाउने, सुशासनयुक्त रुकुम बनाउने रुकुमेली जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्ने शर्माको प्रतिबद्धता छ ।
यस्तै, उनले दुई तिहाइ बहुमत पाएको भन्दै रास्वपालाई पनि बधाई दिएका छन् । उनले भने,‘यो जनताको ऐतिहासिक जनमतलाई आत्मसात् गर्दै सुशासनको स्थापना, आर्थिक विकास, सामाजिक न्याय सहितको समाजवादको बाटोमा अगाडि बढ्ने नेपाली जनताको चाहनालाई पूरा गर्न यहाँहरूलाई सफलता मिलोस्। संविधानको रक्षा, राष्ट्रको रक्षा गर्दै साँच्चिकै विकसित नेपाल बनाउने ऐतिहासिक कार्यभार यहाँहरूको काँधमा आएको छ।’




प्रतिक्रिया