०७९ मा प्रचण्डसँग हारेका बुर्लाकोटीले अहिले प्रचण्डले ल्याएको मतभन्दा ५५७ मत बढि ल्याएर जिते


काठमाडौं, २५ फागुन । २०७९ को निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले जितेको गोरखा–२ मा रास्वपाका कबिन्द्र बुर्लाकोटीले जित हात पारेका छन् । रोचक त के छ भने प्रचण्डसँग हार्दा बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याएका थिए । विजेता प्रचण्डले २६ हजार १०३ मत ल्याएका थिए ।

अहिले जितेका बुर्लाकोटीले ०७९ मा प्रचण्डले ल्याएको मतभन्दा ५५७ मत बढि ल्याएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत ल्याएर जित हाँसिल गर्दा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत ल्याएर दोस्रो भए । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले भने ११ हजार ०७३ मत ल्याएका छन् ।