काठमाडौं, २५ फागुन । धनुषा–१ मा उम्मेदवार बनेका रास्वपाका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
आयोगको निर्णयविरुद्ध साह सर्वोच्च गएकोमा अहिले निर्वाचन सम्पन्न भएर मतगणनासमेत भइसकेको छ । यही बीचमा आयोगले समेत धनुषा–१ को मतगणना गरेपनि परीणाम सार्वजनिक नगर्न भनेको छ । साह अदालत गएको थाहा पाएपछि आयोगले निर्वाचन अधिकृतलाई पत्राचार गरेर परीणाम सार्वजनिक नगर्न भनेको थियो ।
आयोगले भने साह कालोसूचीमा परेको प्रमाण देखिएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा साहको पक्षमा २० हजारभन्दा बढि मत परेको छ । नेकपाका मात्रिका प्रसाद यादवको १० हजार ४०३ मत छ । साहको उम्मेदवारी खारेज भएकोले आफूलाई नै विजेता घोषणा गरिनुपर्ने यादवको भनाई छ । नेकपाले पनि विज्ञप्ति जारी गरेर निर्वाचनको परीणाम घोषणा गर्न दबाब दिएको छ ।




प्रतिक्रिया