काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपाबाट उम्मेदवार बनेका किशोरी साह कमलले रिटमा कारण देखाउ आदेश दिएको छ । साहले आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेका थिए । साहको रिटमाथि सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश दिएको हो ।
अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कारण देखाउ आदेश आएसँगै अब निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्नुको कारण पेश गर्नुपर्नेछ ।




प्रतिक्रिया