समानुपातिकतर्फको मत : रास्वपाले कटायो ४५ लाख, कांग्रेसले १५ लाख ल्याउँदा एमालेको कति ?


काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको निर्वाचनतर्फ समानुपातिकतर्फको मत गणना जारी छ । अहिलेसम्म रास्वपाले सर्वाधिक मत ल्याएर लिड गरेको छ । झण्डै ५० प्रतिशत मत रास्वपाले ल्याएको छ । पछिल्लो अपडेटअनुसार रास्वपाले ४५ लाख १० हजार ६ सय ७९ मत ल्याएको छ ।

यस्तै, नेपाली कांग्रेसले १५ लाख १० हजार ९८ मत ल्याएको छ । एमालेले भने १२ लाख मत कटाएको छ । एमालेले १२ लाख ६४ हजार २५२ मत ल्याउँदा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ७७ हजार ४६६ मत ल्याएको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ३ लाख २१ हजार ८३१ मत ल्याउँदा राप्रपाले २ लाख ९९ हजार ७७८ मत ल्याएको छ ।