काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले धनुषा १ बाट निर्वाचित मात्रिका प्रसाद यादवलाई प्रमाणपत दिएको छ । यो क्षेत्रमा रास्वपाबाट लडेका किशोरी कमल साहको उम्मेदवारी खारेज भएको थियो । तर, आयोगको निर्णयविरुद्ध साह अदालत गएका छन् । नेकपाले भने निर्वाचन आयोगले नै साहको उम्मेदवारी खारेज गरिसकेपछि मात्रिका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिन दबाब दिएको थियो ।
उम्मेदवार यादवले पनि व्यापक जनदबावपश्चात् निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र आफूलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।




प्रतिक्रिया