काठमाडौं, २६ फागुन । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अब वस्तुनिष्ठ भई समग्र परिस्थितिको विश्लेषण ,संश्लेषण गरेर निर्मम आत्मसमीक्षासहित नयाँ नीति र योजना बनाएर अघि बढ्नु जरूरी रहेको आवश्यकता औंल्याएका छन् । उनले यो प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका संयोजक प्रचण्डसहित सबैमा बधाई ज्ञापन गर्नुको साथै कार्यकाल सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
आफूहरुको कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्वपूर्ण ठान्ने स्मरण गराएका छन् । उनले भनेका छन्–‘हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्वपूर्ण ठान्दछ तर त्यसैलाई मात्र समूर्ण ठान्दैन ।शान्तिपूर्ण कार्यदिशा अन्तर्गत सरकार ,सदन र सडक संघर्षको मोर्चा मध्ये कुन बेला कुन मोर्चा प्रमुख हुन्छ भन्ने कुरा तात्कालीन परिस्थितिमा भर पर्दछ ।त्यसैले कार्यदिशा र कार्यनीतिको यो सम्बन्धलाई आत्मसात गर्दै तदनुरुपको कार्यनीति र संघर्षको स्वरुप निर्धारण गर्दै अघि बढ्नु आवशयक छ ।हामीले जुन सुकै संघर्षको मोर्चामा क्रियाशील भइरहँदा पनि निम्न राष्ट्रिय कार्याभारलाई केन्द्रमा राख्नु पर्दछ ।’
उनले फेशबुकमा लेखेका छन्–





प्रतिक्रिया