अर्थमन्त्री खनालले कुटनीतिक राहदानी फिर्ता गरे


काठमाडौं, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी फिर्ता गरेका छन् । उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा उक्त राहदानी फिर्ता गरेका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराईएको कुटनीतिक राहदानी नम्बर डिए ०००२७५० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको विभागमा फिर्ता बुझाईदिन प्रशासन महाशाखालाई पत्र लेखेको कुरा सार्वजनिक गरेका छन् ।