ग्यास बिक्रेता महासंघले भन्यो : मूल्यभन्दा बढि लिई ग्यास विक्री वितरण गरेको भए सरकारले कारबाही गर्नुपर्छ


काठमाडौं, २६ फागुन । ग्यास बिक्रेता महासंघ नेपालले ग्यासको अभाव र केही ठाउँमा विक्रेताद्धारा अनुचित मूल्य लिएर उपभोक्तालाई ग्यास विक्रि गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले तोकेको मूल्यभन्दा बढि मूल्य लिई विक्रि वितरण गर्नु गम्भीर अपराध भएकोले कहीँ कतै त्यसो हुन गएको भए उक्त गैरकानूनी काम तत्काल बन्द गर्न र त्यस्तो नगर्न पनि अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘साथै, यस विषम परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बढि लिने विक्रेता तथा उद्योगलाई कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछौं । साथै, यसप्रकारका गैरकानूनी काम गर्ने जो कोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत सबै विक्रेतामा जानकारी गराउन अपिल गर्दछौं ।’