काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित रास्वपा सांसद राजु पाण्डेले अबको प्रधानमन्त्री वरिष्ठ नेता बालेन्द्र शाह नै हो भन्दै यसमा कुनै द्धिविधा नराख्न आग्रह गरेका छन् । पत्रकाहरुले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।उनले पार्टीको सहमतिविपरित दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुको ध्यानाकर्षणसमेत गराए ।
पत्रकारले डिपी अर्यालले बोलेको कुरा स्मरण गराएका थिए । सो क्रममा उनले भने,‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । चाहिने नचाहिने भन्ने छुट छैन ।’
Photo Source: Rajunath Pandey/Facebook




प्रतिक्रिया