फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज किनबेच?


काठमाडौं, फागुन २६ । नेपाली बजारमा आज सुनको मूल्य दुई हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार ७२० निर्धारण भएको छ।

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने चाँदी तोलाको पाँच हजार ७२० मा किनबेच भएको थियो । त्यसअघि सोमबार प्रतितोला सुन तीन लाख १३ हजार २०० र चाँदी तोलाको पाँच हजार ४१० मा कारोबार भएको थियो।