काठमाडौं, २७ फागुन । रास्वपाका सभापति रवि लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। उक्त रिटमाथि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाई हुने भएको हो ।
सोमबार पनि यो रिट सुनुवाईको लागि पेशी तोकिएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल र अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरूले महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। गत पुष ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति प्रदान गरेकी थिईन् ।




प्रतिक्रिया