काठमाडौं, २७ फागुन । नेपालको संविधान २०७२ अन्तर्गत पहिलोपटक एकल बहुमतको सरकार बन्ने भएको छ । २१ फागनुमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरीणाम करिब करिब सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले सर्वाधिक १२५ सिटमा जित निकालेको छ ।
यस्तै, समानुपातिकतर्फ उसले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ । यो भनेको कुल समानुपातिकतर्फको मतको ४७.८ प्रतिशत मत हो । रास्वपाले समानुपातिकतर्फबाट ५८ सिट प्राप्त गर्ने भएको हो । रास्वपाले प्रत्यक्ष र समानुपाति गरेर १८३ सिटमा जित निकालेको छ। दुई तिहाईको लागि उसलाई एक सिट अपुग भएको छ । हाम्रो संवैधानिक व्यवस्थाबमोजिम अब प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने प्रावधान छ ।
यसरी रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेर यो बहुमत प्राप्त गरेको हो । अबको सरकारको नेतृत्व बालेन शाहले गर्ने निश्चित्प्रायः छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा बधाई दिइसकेका छन् । भुटानका राजाले पनि बधाई दिइसकेका छन् ।
निर्वाचन आयोगले अब निर्वाचनको मतपरीणाम चैत्रको पहिलो साता राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत्रको १० गतेपछि नै बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने बुझिएको छ । file photo




प्रतिक्रिया