‘बालेन भनेको सिस्टम हो, प्रवृत्ति हो, इमान र सुशासनकोन नाम हो’ : पाण्डे (भिडिओ–सहित)


काठमाडौं, २७ फागुन । रास्वपाका नेता तथा काठमाडौं–३ बाट निर्वाचित राजुनाथ पाण्डेले यो निर्वाचनमार्फत पार्टीले पाएको सफलता परिवर्तनको मत भएको बताएका छन् । रास्वपाले घोषणापत्रमा पनि समसामयिक विवषय नै समेटेको उनको दाबी छ ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले विकास र समृद्धिको कुरा अड्किनुको कारण सुशासन भएकोले अब रास्वपाले जनताले आशा गरेअनुसारको काम गर्ने प्रतिबद्धता जनाए । अब बन्ने प्रधानमन्त्रीलाई पार्टीले साथ स सहयोग गर्ने पनि उनले विश्वास दिलाए ।

काठमाडौं महानगरको नेतृत्वमा हुँदापनि आफूहरुले काम गरेको भन्दै अब त्यही कामको कारणपनि जनताले विश्वास गर्ने उनको दाबी छ । उनले बालेन भनेको नाममात्रै नभएर प्रवृत्ति, सिस्टम र इमान भएकोले आफू सिपाही हुँ भनेर भनेको स्पष्ट पारे ।

उनले भने,‘बालेन भनेको सिस्टम हो, प्रवृत्ति हो, इमान हो । सुशासन हो । त्यो प्रवृत्तिसँग जोडिएको विषय हो ।’ आफूले जनप्रशासन र पोलिसी अध्ययन गरेको पनि पाण्डेको भनाई छ । सुशासन र पारदर्शीताको कुरामा आफूसँग राम्रो ज्ञान रहेको पनि उनले स्पष्ट पारे ।