रिहा भए दीपक मनाङे


काठमाडौं, २७ फागुन । दिपक मनाङे रिहा भएका छन् । मनाङे सजाय भुक्तान गरेर आज रिहा भएका हुन् । उनी भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा सबै कैन्दीबन्दीहरु भाग्दापनि जेल नछोडिकन बसेका थिए । उनी अब आवश्यक प्रक्रिया पूरा गरी आज नै रिहा हुने भएका छन् ।

एमालेका नेता चक्रे मिलनको मुद्दामा उनी जेल परेका हुन् । २०६१ वैशाखमा महाराजगञ्जमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङेमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो । Photo Source: Facebook/Dipak Manange