चुनावी नतिजा अप्रत्यासित आएको सिटौलाको भनाई, निर्वाचन नतिजाको समिक्षा गरिने


काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका नेता कृष्णप्रसाद सिटौलाले चुनावी परीणाम अप्रत्याशित आएको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा राष्ट्रियसभाका सदस्यहरुको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको विषयमा छिट्टै समिक्षा हुनेपनि उनको भनाई छ ।

उनले कांग्रेसले मात्रै नभएर अन्य पूराना दलहरुले पनि अप्रत्यासित नजिता व्यहोरेको बताए । सिटौलाले भने,‘पुराना दलहरू सबैको हैसियत उस्तै(उस्तै देखिन्छ। पुराना दलहरूको सबैको लागि एउटा अप्रत्याशित नै जस्तो देखिन्छ। पार्टीको आन्तरिक विषयमा बिस्तारै छलफल गर्छौँ। कांग्रेसले उठ्ने बाटोमा सुरु गरिसक्यो।’ file photo

Skip This

Omoda E5 Pro