काठमाडौं, २७ फागुन । प्रहरीले पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा थप एक जनालाई पक्राउ गरेको छ। आज (बुधबार) सिआईबीले यस प्रकरणमा थप एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पा रहेका छन् ।
यसअघि पनि प्रहरीले ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थि एजेन्ट, हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक गरी ९ जनालाई पक्राउ गरिसकेको छ । आज शेर्पा पक्राउ परेसँगै यो संख्या १० पुगेको हो । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुरमा र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया