नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई


काठमाडौं, २७ फागुन । नेपाली विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई दिईएको छ । अध्यक्ष दुजाङ शेर्पाले आज संघको अध्यक्षको कार्यवाहक जिम्मेवारी पाण्डेलाई प्रदान गरेका हुन् ।

आज फागुन २७ गतेदेखि आगामी चैत्र ३ गतेसम्म आफू व्यक्तिगत कामको सिलसिलामा बाहिर रहनुपर्ने भएकोले संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको शेर्पाको भनाई छ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका पाण्डेले संघको विधि, विधान र मर्यादाभित्र रही संघलाई गतिशील बनाउने शेर्पाको विश्वास छ ।