सांसदहरूले भोट हाल्नेभन्दा आम नागरिकले हाल्ने भोटको बदर संख्या कम


काठमाडौं, २७ फागुन । सांसदहरूले भोट हाल्नेभन्दा आम नागरिकले हाल्ने भोटको बदर संख्या कम देखिएको छ। प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ४.१० प्रतिशत मत बदर भएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा ४.८३ प्रतिशत मत बदर भएको थियो। गाउँपालिका अध्यक्ष/उपाध्यक्ष प्रदेशसभा सदस्य मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा भन्दा आम नागरिक मतदाता भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम मत बदर भएको हो। सदर भोट खसाल्न तिनै जनताले जिताएका जनप्रतिनिधिभन्दा जनता सचेत देखिएका छन्। यद्यपि यो बदर मत संख्या ठूलो हो। मतदाता शिक्षा कार्यक्रम अझै प्रभावकारी बनाउन आवश्यक देखिन्छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा १ करोड १३ लाख १२ हजार ४५५ मत खसेको हो। उक्त मत ५९.८४ प्रतिशत हो। त्यसमा १ करोड ८ लाख ४९ हजार ०८२ अर्थात् ९५.९० मत सदर भएको छ। त्यस्तै ४ लाख ६३ हजार ३७३ अर्थात् ४.१० प्रतिशत मत बदर भएको हो। निर्वाचन आयोगले राष्ट्रियसभा प्रतिनिधिसभा सबैतिर मत बदर हुन नदिन मेहनत गर्न आवश्यक देखिन्छ।