काठमाडौं, फागुन २८ । चितवन ३ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार नौ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको उल्लेख छ ।
आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च पाँच हजार, प्रचार–प्रसार समाग्री खरिदमा तीन लाख १७ हजार चार सय, एक दिन मतदातालाई प्रशिक्षण दिदाँ ३० हजार, नमूना मतपत्र र घोषणा पत्र सामग्री छपाइमा ७४ हजार दुईयस, वडास्तरीय प्रचारप्रसार (१५ दिनको) एक लाख, सवारी साधन (दुई वटा १५ दिन) तीन लाख २५ हजार, स्टेस्नरी खर्च २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानीमा एक लाख १८ हजार गरेर जम्मा नौ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको जनाइएको छ ।
उनी चितवन ३ बाट ५९ हजार २७७ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याएकी छन् । सोविता ३८ हजार ६६२ मतान्तरले निर्वाचित भएकी हुन् । यहाँ एक लाख ५३ मत खसेको थियो ।




प्रतिक्रिया