काठमाडौँ, २८ फागुन । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका-१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया