काठमाडौं, २८ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता विश्वदिप पाण्डेले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भेट गरेका छन् । सो भेटमा समग्र राजनीतिक विषयमा छलफल भएको पाण्डेको भनाई छ । यो निर्वाचनमार्फत निर्वाचित प्रतिनिधिहरुलाई रचनात्मक सुझाव र सहयोग गरेर मुलुकलाई लयमा फर्काउनुपर्ने उनको मत छ ।
पौडेलसँगको भेटबारे उनले लेखेका छन्–
चुनाव सम्पन्न भयो, अब समीक्षासहित अझैँ अघि बढ्नुछ। निर्वाचित प्रतिनिधिहरूलाई रचनात्मक सुझाव र सहयोग गरेर मुलुकलाई लयमा फर्काउनु छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग समग्र राजनीतिक विषयमा छलफल !




प्रतिक्रिया