एमालेले आइतबार समानुपातिकतर्फका सांसदहरूको नाम आयोगमा बुझाउने


काठमाडौं, २९ फागुन । एमालेले समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम फाइनल गर्नेगरि छलफलमा जुटेको छ । एमालेले अब समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको १६ सिट आगामी आइतबार मात्रै पठाउने भएको छ ।

प्रत्यक्षमा एमालेले ९ सिटमा जित निकालेको छ । पार्टीका निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यले समानुपातिकतर्फका सांसदको नाम तय गर्न सक्रिय भूमिका खेलेका छन् । कांग्रेसले भने भोलि (शनिबार) नै आयोगमा समानुपातिकतर्फका सांसदको नाम बुझाउने भएको छ ।