बालेन शाहद्धारा पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट


काठमाडौं, २९ फागुन । रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट निर्वाचित सांसद बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । शाहले पितृशोकमा रहेका ओलीप्रति भने समवेदना प्रकट गरेका छन् । पिताजस्तो रक्षक कोही नहुने, पिताजस्तो गुरु कोही नभएको र पिताजस्तो देवता पनि कोही नभएको कुरा शाहले स्मरण गराएका छन् ।

उनले केही समयअघि मात्र आफूले पनि पिता गुमाएकोले पिताको अनुपस्थितिले जिन्दगीमा कत्ति रित्तोपना ल्याएको र अपुरणीय अभाव ल्याएको कुरा महुशस गरेको पनि स्मरण गराएका छन् ।

उनले लेखेका छन्

नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।
‘पात्र एक, भूमिका अनेक।’
केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। 😥
पूर्व प्रधानमन्त्री K. P. Sharma Oli ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।