शंकर पोखरेलले चुनावमा दाङ बोलाउँदापनि योगेश भट्टराई किन गएनन् ?


काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जवाफ फर्काएका छन् । निर्वाचनको समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भनेर योगेशले भनेको कुराको चर्चा रहेको उल्लेख गर्दै महासचिव पोखरेलले आफूले निर्वाचनको समयमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा कतै उल्लेख नगरेको भनेका छन् । उनले आफूले योगेशलाई मिलेसम्म दाङमा पनि आउन अनुरोध गरेको स्मरण गराएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु। यद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।’

Skip This

Omoda E5 Pro