काठमाडौं, ३० फागुन । मनकामना मन्दिर दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको कनटारमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै निधन भएको छ । निधन भएका सबै जना भारतीय नागरिक रहेको बताईन्छ ।
माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार थिए । प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको मृत्यु भएको छ । अरु यात्रुको भने उद्धार गरिएको छ ।




प्रतिक्रिया