रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटको सुनुवाईको लागि पेसी तोकियो


काठमाडौं, १ चैत्र । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने महान्यायाििधवक्ता कार्यालयको निर्णयविरुद्धको रिट आज सुनुवाइका लागि आज पेसी तोकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यसको सुनुवाई हुने भनेर पेसी तोकिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिईन् । उक्त निर्णयविरुद्ध युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभाष रेग्मीसहित तीन जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।