काठमाडौं, १ चैत्र । पितृशोकमा रहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की आज ओली निवास पुगेकी छिन् । प्रधानमन्त्री कार्कीसँगै उनका पति दुर्गा सुवेदी पनि गुण्डु पुगेका हुन् ।
पूर्व प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएको हो । अहिले ओली निवासमा विभिन्न दलका नेताहरु समवेदना दिन पुग्ने क्रम जारी छ । हिजो पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि पुगेका थिए । आज विहान पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि पुगेकी थिईन् ।
तस्विर : ओलीको सचिवालय/फेशबुक




प्रतिक्रिया