काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै पिए आदर्शकुमार श्रेष्ठलाई नियुक्ती दिएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै छिन् । सिन्धुली स्थायी घर भएका श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले जाँदाजाँदै लाभको पद दिएकी हुन् ।




प्रतिक्रिया