काठमाडौं, २ चैत्र । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा आज हेर्दाहेर्दैमा परेको छ । यो मुद्दामा हिजोदेखि सुनुवाई भएको हो ।
लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र केही कानूनका विद्यार्थीले छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । आज सर्वोच्च अदालतका न्यायाधीशहरू शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासमा निरन्तर बहस भएको हो। बहस नटुंगिएपछि रिट हेर्दाहेर्दैमा राखिएको छ ।





प्रतिक्रिया