काठमाडौं, २ चैत्र । निर्वाचन आयोगले समानुपातिकतर्फ ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ । जसअनुसार रास्वपाबाट ५७ जना, कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९जना, श्रम संस्कृति पार्टीबाट ४ जना र राप्रपाबाट ४ जना गरी ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ ।
दलहरुले आफूले पाएको सिट संख्याअनुसार हिजो निर्धारित समयमा नै आयोगमा पार्टीको तर्फबाट नाम बुझाएका थिए । त्यसको आधारमा आयोगले आज उम्मेदवार निर्वाचित भएको घोषणा गरेको हो ।








प्रतिक्रिया