काठमाडौं, चैत ३ । पाकिस्तानले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । अफगान तालिबान सरकारका अनुसार काबुलको ओमर एडिक्शन ट्रीटमेन्ट अस्पतालमा सोमबार राति करिब ९ बजे भएको आक्रमणमा चार सय जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका छन् । करिब दुई हजार शैय्याको उक्त अस्पतालमा लागुऔषध प्रयोगकर्ताको उपचार हुँदै आएको थियो।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको र आगो नियन्त्रणका प्रयास भइरहेका छन् । तर पाकिस्तानले भने उक्त दाबी अस्वीकार गर्दै आफूले केवल सैन्य संरचनामाथि मात्र लक्षित कारबाही गरेको जनाएको छ। पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नंगरहारमा रहेका आतंकवादी पूर्वाधार र सैन्य लक्ष्यहरू मात्र निशाना बनाइएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमण सटीक र सावधानीपूर्वक गरिएको तथा सर्वसाधारणमा क्षति नपुग्ने सुनिश्चित गरिएको दाबी गरिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ताले काबुलमा कुनै पनि अस्पताललाई लक्षित नगरिएको स्पष्ट पारेका छन्। यसैबीच, दुवै देशबीच सीमा क्षेत्रमा जारी तनाव बढ्दो क्रममा छ। केही घण्टाअघि मात्र सीमामा भएको झडपमा अफगानिस्तानतर्फ चार जनाको मृत्यु भएको जनाइएको थियो। पछिल्ला वर्षहरूकै सबैभन्दा घातक द्वन्द्व तेस्रो सातामा प्रवेश गरेको बताइएको छ। पाकिस्तानले अफगानिस्तानमाथि तेहरिक–ए–तालिबान पाकिस्तानलगायतका समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले ती आरोप अस्वीकार गर्दै आएको छ।




प्रतिक्रिया