काठमाडौं, ३ चैत्र । रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला राखेको छ । उक्त कार्यशाला ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिपमा सुरु भएको छ। उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैजना अनुपस्थित् भएका छन् । रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा पनि बालेन शाहको भूमिका उल्लेख गरिएको छैन ।
आज र भोलि गरेर दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा आज कि–नोट स्पिज उपसभापति डा. स्वर्णिम वाग्लेले दिएका छन् । अभिमुखीकरण कार्यक्रममा योग तथा ध्यान शिविरसमेत राखिएको छ । विभिन्न विशिष्ट व्यक्तित्वहरुले सेसनमा प्रशिक्षण दिने पनि भनिएको छ । तर, बरिष्ठ नेता शाहको उपस्थिति भने नहुने भएको छ । सभापति लामिछानेले भने सत्रको समापन सम्बोधन गर्ने कार्यतालिका राखिएको छ ।




प्रतिक्रिया