काठमाडौं, ३ चैत्र । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आजपनि सुनुवाई जारी छ । सर्वोच्च अदालतमा न्यायाधीशहरू शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा जारी छ ।
यो रिटमा गत आइतबारबाट सुनुवाई सुरू भएको हो । आज सुनुवाइको तेस्रो दिन हो । लामिछाने पक्षबाट हिजो वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरु दिपेन्द्र झा, नारायणदत्त कँडेल लगायतले बहस गरेका छन्।





प्रतिक्रिया