काठमाडौं, ४ चैत्र । निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई भोलि प्रमाण–पत्र प्रदान गर्ने भएको छ । आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूलाई भोलि (बिहीबार) विहान साढे ११ बजे निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरिने भएको हो । समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन् ।
सबैभन्दा बढि रास्वपाबाट ५७ जना निर्वाचित भएका छन् । कांग्रेसबाट २०, एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टीबाट ७ र राप्रपाबाट ५ जना सांसद समानुपातिकतर्फ निर्वाचित भएका छन् ।




प्रतिक्रिया