४ चैत काठमाडौं । प्रा. डा. जयराज आचार्य पुरस्कृत हुने भएका छन् । नेपाली कूटनीतिमा विद्वत्ता प्रदर्शन गरेको र शिक्षाको विकासमा योगदान गरेको भन्दै यस वर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कारबाट उनी पुरस्कृत हुने भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट एक वर्ष बिराएर संस्कृत र अँग्रेजी विषयमा स्नातकोत्तर प्रथम श्रेणीमा उच्च अंक ल्याएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि पनि थिए ।
दण्डपाणि अज्र्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । पुरातत्त्वविद् प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याय र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ५० हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने छ ।




प्रतिक्रिया