सैनिकमञ्च टुँडिखेलमा यसरी मनाईयो घोडेजात्रा (फोटोफिचर)


काठमाडौं, ४ चैत्र । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण विशेष कार्यक्रमहरुसहित आज घोडेजात्रा समारोह मनाईएको छ । समारोहमा भिभिआईपीहरुको उपस्थिति थियो ।

नेपाली सेनाले हरेक वर्ष टुँडिखेलमा नै घोडेजात्रा मनाउने गरेको छ । आजको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

तस्विर स्रोत : नेपाली सेना/फेशबुक