काठमाडौं, ५ चैत्र । संघीय संसद् सचिवालयले२१ फागुनपछिको निर्वाचनमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । आज (बिहीबार) दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जनाईएको छ ।
यसपटकको निर्वाचनमार्फत रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपामात्रै संसद्मा प्रतिनिधित्व गर्ने दल बनेका छन् । आजको संयुक्त बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने भएको छ ।
कुन दलबाट को को नेता सहभागी हुने भन्ने चाहीँ खुलाईएको छैन । अहिले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।




प्रतिक्रिया