काठमाडौं, ५ चैत्र । रास्वपाको हाई-कमाण्ड सरकार गठनको गृहकार्यमा जुटेको छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्धय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको गृहकार्यमा जुटेका छन् । हिजोमात्रै रास्वपाले नवनिर्वाचित सांसदहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बरिष्ठ नेता शाह भने अनुपस्थित् थिए । सभापति लामिछानेले भने समापन समारोहलाई सम्बोधन गरेका थिए । आज साँझ उनीहरु राजकाजको लागि छलफलमा जुटेका हुन् । उपसभापति वाग्लेपनि फेशबुकमार्फत राजकाजबारे छलफल भन्दै चार जना नेताहरुको तस्विर साझा गरेका छन् । अब बन्ने बालेन शाह नेतृत्वको शक्तिशाली सरकारमा वाग्लेलाई अर्थमन्त्रीको रुपमा हेरिएको छ ।
रास्वपाका नेताहरुको आजको छलफलमा यही चैत्र १३ गते वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुने र शपथ खाने तय भएको छ । रास्वपाले दुई तिहाईनजिकको बहुमत पाएकोले प्रधानमन्त्रीको रुपमा शाहले विश्वासको मत लिनुपर्ने छैन । ०७२ को संविधान जारी भएपछि पहिलोपटक संविधानको धारा ७६ को १ बमोजिम सरकार गठन हुनेछ ।




प्रतिक्रिया