रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टको आपत्ति (विज्ञप्तिसहित)


काठमाडौं, ६ चैत्र । नेपाल जेन–जी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनको क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो। हिजो माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहार भएको थियो । सोबारे फ्रन्टले घोर भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’