कांग्रेस केन्द्रीय समितिको बैठक सुरू, गगन थापा अनुपस्थित्


काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । १ बजेको लागि बोलाईएको बैठक आधा घण्टा ढिलोगरि सुरु भएको हो । बैठकमा सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा उपस्थित् छैनन् ।

उनको कुर्सी खाली राखेर बैठक सुरु भएको छ । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् । आजको बैठकमा चुनावको समिक्षा हुने बताईएको छ । साथै, सभापति थापाको राजीनामा अस्विकार गर्ने प्रस्ताव पनि पेश हुने भनिएको छ ।