काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री पार्वत गुरुङले अहिलेको निर्वाचनमा आफूहरु अस्वीकृत भएपनि यसलाई पाठको रुपमा सिक्नुपर्ने बताए । आज (शनिबार) दोलखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले पार्टीभित्र कसैलाई आरोप वा प्रत्यारोप गर्ने बेला नभएको पनि उनको भनाई छ ।
गुरुङले भने,‘नेपाली जनताबाट हामी केही अस्वीकृत भयौँ। जनमतबाट हामी जुन समर्थन प्राप्त थियो, त्यो प्राप्त गर्न सकेनौँ। त्यो गर्न नसकेको कुरोलाई हामीले सहर्ष सम्मान गर्नुपर्छ। यो जनादेशको स्वीकार गर्दै हामीले भावी दिनमा फेरि पनि जनविश्वास प्राप्त गर्न र हिजो त्यो लोकप्रियतालाई कायम गर्न हामीलाई फेरि अवसर हो।’
उनले आफूहरुले परम्परागत चुनाव लडेको स्मरण गराए । उनले थपे,‘हामीले त्यो कुरोको महसुस पनि गर्यौँ। अहिले जनताको बिचको यो लोकप्रियतावादलाई यति छिट्टै विश्वास गर्छन्, यति धेरै यो बिचबाट उहाँहरू त लोकप्रियतावादको एउटा भ्रमबाट यो डिजिटल प्लेटफर्मको एउटा जुन प्लेटफर्म हो यसलाई हामीले कम आँक्यौँ।’ निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्विकारेर अघि बढ्नुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया