काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले लिपुलेक नक्शा नेपालको भएपनि नियन्त्रण अरुकै भएको टिप्पणी गरेका छन् । हालै भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक नाका सञ्चालन गर्न लागेको समाचार आएपछि बाँस्कोटाले यस्तो बताएका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘लिपुलेक नक्शा हाम्रो (नियन्त्रण अरुकै भैहाल्यो।एकसय बीस अर्ब डलरको वार्षिक कारोवार गर्ने दुई छिमेकीको योजनाको सानो ब्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनु पर्ने भयो।यस्तै हो,शक्ति र समयको संयुक्त प्रहार ।’
यसअघि पनि नेपाललाई जानकारी नदिईकन भारत र चीनले व्यापारिक नाका उक्त भूमिबाट सञ्चालन गर्ने सहमति गर्दा नेपालमा विरोध भएको थियो । अहिले भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुने जनाईएको छ । कोरोनाको कारण सन् २०१९ देखि बन्द रहेको उक्त व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजनका लागि खोल्ने प्रक्रिया अघि बढेको हो।




प्रतिक्रिया