काठमाडौं, ८ चैत्र । जिल्ला प्रशासन कार्यालय तौलिहवा, कपिलवस्तुले जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर २ वर्गदामा भएको घट्नालाई लिएर उत्पन्न असामान्य अवस्थाप्रति गम्भीर दुःख प्रकट गरेको छ । घटनामा परी घाइते भएका सबै नागरिकको उपचार भइरहेको र बाहिर प्रचारमा आएजस्तो कसैको निधन नभएको पनि प्रशासनले स्पष्ट पारेको छ ।
यो घट्नामा प्रशासनले हिजो (शनिबार) देखि नै निषेधाज्ञा जारी गरेकोमा त्यो अहिलेसम्म कायम नै छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ,‘सबै धर्म, संस्कृति र जातजाति मिलेर बसेको हाम्रो समाजमा कतिपय उच्छृङ्खल एवं अराजक तत्वहरुले धार्मिक एवं सामाजिक सद्भाव भड्काउने उद्देश्यले गरिने क्रियाकलापहरु निन्दनीय छन् ।
यस घटनामा संलग्न दोषीहरु केही पक्राउ परिसकेको र अन्यको खोजी कार्य जारी रहेको व्यहोरो सबैमा अनुरोध गर्दै यस घटनाका सम्बन्धमा चैत्र ८ गते बसेको सरोकारावालाहरुको उपस्थितिमा भएको निर्णय एवं प्रचलित कानूनबमोजिम घटनामा संलग्न दोषी कसैलाई पनि नछोडिने हुँदा संयमित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’





प्रतिक्रिया